भ्रष्टाचारविरुद्ध युवालाई साथ लिएर सधैं आवाज उठाउने कोइरालाको प्रतिवद्धता
नेपालगन्ज, फागुन ५ । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले भ्रष्टाचारका विरुद्ध युवालाई साथ लिएर आफूले सधैं आवाज उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा मंगलबार (आज) प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा कलिला भाईबहिनीले सहादत प्राप्त गरेको स्मरण गर्दै जेननी युवाहरुलाई साथमा लिएर नै भ्रष्टाचारका विरुद्ध आफू सडक र सदनमा बोलिरहने बताए ।
भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै गर्दा जेनजी आन्दोलनका क्रममा नेपालगन्जका दुई जना भाईहरु शुलभराज श्रेष्ठ र आयुष थापाले सहादत प्राप्त गर्नुभयो, म उहाँहरु दुबै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,’ उम्मेदवार कोइरालाले भने, ‘युवा भाईबहिनीहरुले बगाएको रगतलाई म कत्ति पनि खेर जान दिने छैन, म युवाहरुलाई साथमा लिएर भ्रष्टाचार विरुद्ध आवाज उठाउनेछु, सुशासन कायम गराउन नेतृत्व गर्नेछु ।’
जेनजी आन्दोलनका क्रममा देशले माओवादी द्वन्दको बेला भन्दा पनि अझ दर्दनाक रुपले क्षति ब्यहोरेको उनले स्मरण गरे । नेपाली कांग्रेसले जेनजी आन्दोलन र जेनजी युवाहरुको भावनालाई समेटेर आफ्नो नीति र नेतृत्व परिवर्तन गरिसकेको नेपाली कांग्रेस बाँकेका सचिव समेत रहेका युवा उम्मेदवार कोइरालाले प्रष्ट्याए । प्रतिनिधि सभा निर्वाचनपछि बन्ने सरकारमा नेपाली कांग्रेसले युवाहरुका लागि स्वरोजगार लगायतका विषयमा ठोस योजना ल्याउने उनले बाचा गरे ।
नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको निर्वाचन क्षेत्र रहे
को बाँके–२ मा उम्मेदवार बन्न पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसका सम्पूर्ण अग्रज नेता गणहरु, संगठनभित्र र बाहिरबाट पनि हाम्रो यस अभियानमा साथ दिनुभएको छ, सबैलाई म सम्मान गर्न चाहन्छु, मलाई निर्वाचित गराउनु भयो भने हजुरहरुको भावनालाई संसदमा पेश गर्नेछु, हजुरहरुलाई कहिल्यै पनि निराश हुन दिने छैन ।’ सादगी, त्यागी र निष्ठाका प्रतिक स्वर्गीय कोइरालाले जस्तै आफूले पनि कुनै दाग लाग्न नदिने उनले अठोट गरे । नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का सभापति निजामुद्धिन सिद्धिकी ‘मुन्ना’ को सभापतित्वमा सम्पन्न भएको प्रचा- प्रसार कार्यालय उद्घाटनका क्रममा पार्टीका नेता प्रह्लाद लखेरले उम्मेदवार कोइरालाई मतदान गरेर जिताउन सबै वडाबासीलाई अपिल गरेका थिए ।

कार्यक्रममा महासमिति सदस्य निरञ्जन सिंह सिंजापति, लुम्बिनी प्रदेशका सांसदद्वय मिना सिद्दिकी र सुशिला नेपाली, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपाली कांग्रेसका नेता हेमन्त कर्माचार्य, महाधिवेशन प्रतिनिधि मुकुन्द केसी, जिल्ला कार्यसमिति सदस्य अशोक श्रेष्ठ, तरुण दल बाँकेका अध्यक्ष विरेन्द्र बहादुर शाह, नेपालगञ्ज ५ का कांग्रेस वडा सभापति मेराज हलवाई लगायतको उपस्थिति रहेको थियो ।

उम्मेदवार कोइरालाले मंगलबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ पिप्रहवा चोकमा प्रचार–प्रसार कार्यालय उद्घाटन, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा वडा स्तरीय भेला, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ मा प्रचार–प्रसार कार्यालय उद्घाटन र घरदैलो तथा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा पनि प्रचार–प्रसार कार्यालय उद्घाटन र घरदैलो गरेको नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ ।