• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

२०८२ फाल्गुन ३ गते, आईतवार समय: १७:१० मिनेट
0 0
0
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल प्रति मतदाताको आकर्षण क्रमशः बढ्दै गएको देखिएको छ ।

चुनावी माहोलसँगै गाउँघरका चोक–गल्लीमा नयाँ आशा र अपेक्षाको स्वर सुनिन थालेको छ, जसको केन्द्रमा छन् गौडेल र उनको नेतृत्वमा देखिएको ‘नयाँ काँग्रेस’को छवि । आइतवार उनले कोहलपुर नगरपालिकाका तीन वटा वडामा घरदैलो गरे । वडा नं. ६ को बुद्धचौक, वडा नं. ७ को लखनवार र वडा नं. ११ मा पुगेका गौडेलले घरघर पुगेर मतदातासँग संवाद गरे, उनीहरुको समस्या सुने र समाधानका प्रतिबद्धता जनाए ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक, शिक्षाके, स्वास्थ्य, खानेपानी र रोजगारीका समस्याहरु खुलस्त राखे । धेरैले स्थानीय स्तरमा भएका काममा निरन्तरता नआएको, योजनाहरु अधुरै छोडिएको र समन्वयको अभाव रहेको गुनासो गरे । गौडेलले प्रत्येक घरमा पुगेर ती समस्या सुनेपछि आफू निर्वाचित भए विकास निर्माणलाई प्राथमिकता दिने र जनतासँग नियमित संवाद गर्ने वाचा गरे । उनले भने, ‘विकास योजनालाई कागजमा होइन, व्यवहारमा देखाउने समय आएको छ ।’

उनले बदलिएको काँग्रेसले जनताको बीचमा बसेर काम गर्ने विश्वास दिलाए । वडा नं. ७ लखनवारमा घरदैलोका क्रममा भेटिएका स्थानीय दलबहादुर ओलीले आफ्नो धारणा राख्दै भने,‘सधैं २००७ सालको काँग्रेसको कुरा गरेर हुँदैन, अब २०९० सालको काँग्रेस चाहिन्छ ।’ उनले पार्टीभित्र पछिल्लो समय आएको नयाँ सोच र नेतृत्व परिवर्तनले आफूजस्ता मतदातामा आशा पलाएको बताए ।

 

विशेषगरी गगन कुमार थापाको नेतृत्व उदय भएपछि पार्टीभित्र ऊर्जा आएको र जनतामा पनि उत्साह देखिएको उनको भनाइ थियो । ओलीले थपे, ‘अब हामीलाई भविष्य देखाउने काँग्रेस चाहिएको छ, अहिलेको नेतृत्वमा त्यो सपना देख्न पाएको छु ।’ उनले यसपटक आफूले मात्र नभएर लखनवार नजिकै रहेको पर्सादीपुर टोलबासीले नै गौडेललाई मतदान गर्ने प्रतिवद्धता जनाए ।

यस्तै अर्का स्थानीय कमानसिंह चौधरीले करिब एक दशकपछि फेरि रुख चिन्हमा मतदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘गौडेलजस्तो सादगी नेता पाउनु यो क्षेत्रका लागि भाग्यको कुरा हो ।’ चौधरीले नेताहरुले जितेपछि जनता बिर्सने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिँदै गौडेललाई जनतासँग निरन्तर जोडिन आग्रह गरे ।

घरदैलो अभियानमा सहभागी काँग्रेस नेता फुलाराम थारुले गाउँघरमा जनताको प्रतिक्रिया उत्साहजनक रहेको बताए । उनका अनुसार, मतदाताले मुलुकको विकासका लागि काँग्रेसको विकल्प नभएको धारणा राखिरहेका छन् । थारुले भने, ‘घरदैलोमा जाँदा मानिसहरुमा आशा देखिन्छ । उनीहरु स्थिरता, विकास र सुशासनका लागि काँग्रेसलाई नै रोज्न चाहन्छन् ।’ गौडेलको घरदैलो अभियानले एकातिर जनताको समस्या नजिकबाट बुझ्ने अवसर दिएको छ भने अर्कोतर्फ मतदाताले पनि आफ्नो आवाज प्रत्यक्ष रुपमा उम्मेदवारसमक्ष राख्न पाएका छन् ।

अघिल्लो पोस्ट

किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना

अर्को पोस्ट

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

सम्बन्धित समाचार

प्रतिबद्धता-पत्र सार्वजनिक
निर्वाचन

प्रतिबद्धता-पत्र सार्वजनिक

बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
निर्वाचन

बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर
निर्वाचन

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील
निर्वाचन

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
निर्वाचन

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त
निर्वाचन

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त

अर्को पोस्ट
युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

युवा उम्मेदवार कोइरालालाई ब्रम्हाकुमारी दुर्गा दिदीको आर्शिवाद

उम्मेदवार विष्टद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

उम्मेदवार विष्टद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist