• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

२०८२ फाल्गुन २ गते, शनिबार समय: १९:४६ मिनेट
0 0
0
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, फागुन २ : बाँके, प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालालाई निर्वाचित गराउन नेपाली कांग्रेसप्रति सर्बसाधारण नागरिकको आर्कषण बढ्दै गएको छ । कांग्रेसबाट नै देश र बाँके जिल्लाले निकास पाउने ठहर गर्दै विभिन्न पार्टी परित्याग गरेका र स्वतन्त्र व्यक्तिहरु कांग्रेसमा प्रवेश गर्न थालेका हुन् । यसैक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ मा शनिबार (आज) ठुलो संख्याका ब्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका छन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु लियाकत खान, अनमर अन्सारी, मुन्ना शेख, आरिफ शेख सहित ३५ जना व्यक्ति कांग्रेसमा प्रवेश गरे । उनीहरुलाई कांग्रेसका तर्फबाट बाँके क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइराला, नेता मोहम्मद याकुव अन्सारी, हाजी मोहम्मद कादिर अन्सारी, नेपाली कांग्रेस नेपालगन्ज–५ का वडासभापति मेराज हल्वाई लगायतले स्वागत गरेका थिए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ को प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कोइरालाले सबै जात, धर्म, समुदाय र लिंगलाई समान ब्यवहार गर्ने पार्टी नेपाली कांग्रेस मात्र भएको बताए । पछिल्लो समयमा कतिपयले विभिन्न जात र धर्मको आधारमा राजनीति गरिरहेको देख्दा दुःख लाग्ने गरेको उनले सुनाए । ‘यो स्वर्गिय सुशिल कोइराला लड्ने निर्वाचन क्षेत्र हो, म स्मरण गराउन चाहन्छु, धेरै पार्टीका साथीहरुले जात, धर्म र लिंगको नाममा राजनीति गरेको हामी देख्छौं,’ उम्मेदवार कोइरालाले भने, ‘यो त्यही क्षेत्र हो, जुन क्षेत्रबाट आदरणीय सुशिल कोइरालाले मुस्लिम समुदायका कति साथीहरुलाई सांसद बनाउनुभयो, तर, अरु दललाई हेर्नुस्, धर्मको नाममा राजनीति गर्ने र आफु मात्रै नेता भईराख्ने प्रवृत्ति छ ।’

नेपाली कांग्रेसले बाँके जिल्लाबाट मेराज अहमद साह, मोहम्मदी सिद्धिकी र अब्दुल हमिद सिद्धिकी ‘भोला’ लाई सांसद बनाएर उदाहरण प्रस्तुत गरेको उनले प्रष्ट्याए । आफु नेता नभई सेवक बनेर जनताको काम गर्ने प्रतिवद्धता जनाउँदै उम्मेदवार कोइरालाले भने, ‘म चुनाव जितेपनि, हारेपनि तपाईहरुको सेवक बनेर काम गर्नेछु, तपाईहरुको आर्शिवादले म अगाडी बढ्नेछु ।’ जेन–जी युवाहरुले २००७ सालदेखी हालसम्म नेपाली कांग्रेसले पुर्याएको योगदानलाई अध्ययन गर्न जरुरी रहेको उनले बताए । नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेसमा मात्र राजनीतिक भविष्य रहेको कुरा औल्याए ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडा सभापति मेराज हल्वाईको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई नेपाली कांग्रेसकी नेतृ एवम् लुम्बिनी प्रदेश सभाकी सांसद सुशिला नेपाली (वादी), कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका पुर्वसांसद मोहम्मद याकुव अन्सारी, कांग्रेस नेता एवम् मुस्लिम अगुवा हाजी मोहम्मद कादिर अन्सारी, पार्टीका महासमिति सदस्य एवम् नेपालगन्ज उपमहानगरपालिकाका पुर्वउपमेयर उमा थापामगर लगायतले उम्मेदवार कोइरालालाई जितको अग्रिम शुभकामना दिएका थिए ।

यसैबीच नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा पार्टीको प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई शनिबार नै सम्बोधन गर्दै उम्मेदवार कोइरालाले देशमा हुदै आएका हरेक क्रान्ति र परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेको बताए । नेपालगन्ज–१० का स्थानीय बासिन्दा समेत रहेका उम्मेदवार कोइरालाले भने, ‘सादगी नेता स्वर्गिय सुशिल कोइरालाको यही वडाबाट हामी चार तारे झण्डा फहराउनेछौं, नेपाली कांग्रेसले हरेक पटक परिवर्तनको निम्ति क्रान्ति गरेको छ, परिवर्तनका निम्ति लडेको छ ।’

विभिन्न पार्टी र ब्यक्तिले जेन–जी युवाहरुको भावनालाई समेटेर भ्रामक समाचार फैलाइरहेको भन्दै भ्रममा नपर्न उनले सबैलाई अपिल पनि गरे । ‘हामी नै हौं जेन–जीहरुको नेतृत्व गर्ने भनेर विभिन्न पार्टी र व्यक्तिले जेन–जीको भावनालाई समेटेर विभिन्न भ्रामक समाचार फैलाइरहेको कुरा सुनिरहेका छौं, तर कोही पनि भ्रममा नपर्नुस्, जेन–जीको भावना अनुसार आफ्नो नीति र नेतृत्व परिवर्तन गर्ने पार्टी नेपाली कांग्रेस मात्र हो ।’

जेन–जीको भावना अनुसार नेपाली कांग्रेसले आफ्नो नीति मात्रै परिवर्तन नगरेर युवा नेता गगन थापालाई नेतृत्वमा पुर्याएको कोइरालाले प्रष्ट्याए । कांग्रेसले जेन–जीको भावना अनुसार यसपटकको निर्वाचनमा १ सय ६५ निर्वाचन क्षेत्र मध्ये १ सय ६ ठाउँमा आफु जस्ता नयाँ अनुहारलाई उम्मेदवार बनाएको जानकारी दिए । ‘जेन–जीले उठाएका मागहरु ठिक थिए, भ्रष्टाचारको अन्त्य गर्न माग गरेका थिए, जेन–जीको काँधमा बन्दुक राखेर भोलिपल्ट देश जलाउने काम भयो,’ कोइरालाले थपे ।

नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का कार्यबाहक सभापति राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेसकी निर्वतमान केन्द्रिय सदस्य रंगमति शाही, कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, महासमिति सदस्य भारती जोशी, युवा नेता शिवराज सिग्देल लगायतले उम्मेदवार कोइरालालाई जितको शुभकामना दिएका थिए । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ सचिवालयका अनुसार उम्मेदवार कोइरालाले शनिबार नै नेपालगन्ज र डुडुवाका विभिन्न स्थानमा घरदैलो तथा भेटघाट गरेका छन् ।

अघिल्लो पोस्ट

सीमाक्षेत्रका जनता नेपाली भुमीका सच्चा पहरेद्धार हुन-उम्मेदवार पुन

अर्को पोस्ट

किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना

सम्बन्धित समाचार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 
रोजगार

युवा महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रदर्शनी-कार्यशाला 

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम
लुम्बिनी प्रदेश

कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  
लुम्बिनी प्रदेश

बर्दियाको तीन पालिकामा अभिभावक शिक्षा कार्यक्रम  

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”
लुम्बिनी प्रदेश

“बालअधिकार सुनिश्चित गर्न लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध”

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण
लुम्बिनी प्रदेश

संचारकर्मीका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकरण

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 
प्रदेश न्युज

सीमा क्षेत्रका सरोकारवालालाई  क्रस–बोर्डर मेकानिज्म तालिम 

अर्को पोस्ट
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना

किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस हो-अध्यक्ष तिमिल्सिना

गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist