नेपालगञ्ज, ८ चैत । नेपालगञ्जको भेरी अस्पतालले यो वर्ष पनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा आप्नो नतिजा सुधार गरेको छ ।
आज आयोजित कार्यक्रममा भेरी अस्पतालले यो वर्ष ८३ प्रतिशत अंक प्राप्त गरेको मन्त्रालय अन्तर्गतको अनुगमन मूल्यांकन टोली संयोजक संगिता श्रेष्ठले जानकारी दिनुभयो ।
संघीय अस्पतालहरु मध्ये वीपी कोइराला राष्ट्रिय विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पछि भेरी अस्पतालले यो वर्ष पनि आफुलाई उत्कृष्ट सावित गरेको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले सबैको सहयोगले अस्पतालले यो उपलब्धि हासिल गरेको बताउनुभयो ।