नेपालगञ्ज, ३० माघ । नेपालगञ्ज रंगशालामा जारी मेयर कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा मोर्डन पब्लिक स्कुल र युनाइटेड एजुकेशन एकेडेमीले आप्नो स्थान सुरक्षित गरेका छन् ।
भोलि बिहिवार पहिलो सेमिफाइनल खेल होप इन्टरनेशनल स्कुल र मोर्डन पब्लिक स्कुलबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल ग्रीनपिस मावि कोहलपुर र युनाइटेड एजुकेशनल एकेडेमीबिच हुनेछ ।
आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोर्डन पब्लिक स्कुलले मनकामना स्कुललाई पाँच शून्य गोल अन्तरले पराजित गरी सेमिफाइलनलमा आप्mनो स्थान सुरक्षित गरेको हो ।
अर्को खेलमा युनाइटेड एजुकेशन स्कुलले धम्बोझी मावि नेपालगन्जलाई पेनाल्टी सुटआउटमा चार शून्यले हराउँदैं प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
यसैगरी, आजै भएको छात्रातर्फको खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल र युनाइटेडले जित हासिल गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश पाएका छन् ।
नेपालगन्ज सेन्ट जेभियर्सले धम्बोझी माविलाई तीन शून्यले र युनाइटेडले मनकामना स्कुललाई सात शून्य गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि बिहिबार छात्रातर्फको पहिलो सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन नेपालगन्ज मोडेल एकेडेमी र नेपालगन्ज सेन्ट जेभियर्स स्कुलबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल युनाइटेड र आदर्श मावि नेपालगन्जबीच हुनेछ ।