नेपालगञ्ज, २९ पुस । बाँकेको कुसुममा ट्यांकरको ठक्करवाट दुई जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज बिहान करिब १० बजे ना. ८ ख. नं. को ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका वडा नं. १४ का अन्दाजी ३४ वर्षिय रुपेश बस्नेत र सोही उपमहानगरपालिका वडा नं. तीनका अन्दाजी ४६ वर्षिय घमन शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको छ ।
यसैगरी, नेपालगञ्जको वडा नं. २० मा आज दिउसो अनियन्त्रित भइ भे २ त ११९ नं. को ट्याक्टर पल्टिदा सोही वडाका २२ बर्षिय महेश वर्माको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।