नेपालगञ्ज, १ भदौ । नेपालगञ्जमा सम्पन्न थारु कल्याणकारिणी सभा बाँकेको ११औं अधिवेशनले अध्यक्षमा संगिता चौधरीलाई सर्वसम्मत चयन गरेको छ ।
सर्वसम्मत चयन गरिएको १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी चयन हुनुभएको छ ।
यस्तै, सचिवमा विष्णुकुमारी चौधरी, सहसचिवमा परशुनारायण थारु र कोषाध्यक्षमा मनोजकुमार थारु, सदस्यहरुमा कालुराम थारू, भिख्खु थारु, भगौतीप्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थबहादुर चौधरी, संजयकुमार थारु र प्रदेशराम थारुलाई अधिवेशनले चयन गरेको छ ।
यसैगरी, अधिवेशनले आठ ८ जना पार्षदमा नेमनारायण सिंह थारू, जनकबहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीतबहादुर थारु र चन्द्रबहादुर चौधरीलाई चयन गरेको छ ।
यसअघि उक्त अधिवेशनको लुम्बिनी प्रदेश सांसद भुवनेश्वर थारुले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा थारु कल्याणकारिणी सभालाई योगदान पुर्याउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएको थियो ।