नेपालगञ्ज, १२ असार । बाँके प्रहरीले प्रचिन समयको मूर्तिसहित तीन जनालाई पक्राउ गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ ढकेरी शम्शेरगञ्जस्थित सडकखण्डमा मूर्तिसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीले जानकारी दिनुभयो ।
प्रहरीले रुपन्देही तिलोतमा नगरपालिका वडा नं. ११ का ५० बर्षीय खिमबहादुर कुँवर, सोही स्थानका ५० बर्षीय रामु न्यौपाने, दाङ घोराही उपमहानगरपालिका वडा न. १५ का ५८ बर्षीय निमबहादुर कुँवरलाई मूर्तिसहित पक्राउ गरेको हो ।
पक्राउ गरिएका मध्ये खिमबहादुर कुँवरले बोकेको खैरो रङको झोला खानतलासी गर्दा ओमनमः शिवायाः लेखिएको तुल ( रुमाल ) मा बेरी लुकाई राखिएको आठ किलो ६८० ग्रामको पहेलो रङको धातुको बुद्धको मूर्ति बरामद गरिएको छ ।
पक्राउ गरिएकामाथि थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी प्रवक्ता डांगीले बताउनुभयो ।