कोहलपुर(बाँके), ८ असार । बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा धम्बोझी क्लबले सहज जित हासिल गरेको छ । प्रतियोगिताको सेमिफाइनल पुगिसकेको धम्बोझी क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको हो ।
आज शनिवार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा धम्बोझीका लागि प्रेमबहादुर सुनारले दुई र क्षितिज थापा मगरले एक गोल गर्नुभएको थियो ।
प्लेयर अफ द म्याच घोषित प्रेमबहादुर सुनारलाई जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेन्सले पुरस्कार प्रदान गर्नुभएको थियो ।
भोलि आइतबार पहिलो खेल मिलन युवा स्पोर्टस क्लब र कारकादो युवा स्पोर्टस क्लबबिच हुनेछ । त्यस्तै दोस्रो खेल नवदुर्गा युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लबबिच प्रतिस्पर्धा हुने जनाइएको छ ।