नेपालगञ्ज, २८ जेठ । नेपालमा यस वर्ष सरदर मितिभन्दा तीन दिनअघि नै मनसुन भित्रिएको छ ।
नेपालमा सामान्यतया जुन १३ मा मनसुन भित्रिने गर्दछ । यद्यपि कहिलेकाहीँ सरदर मिति भन्दा ढिलो–चाँडो पनि मनसुन भित्रिने गर्दछ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनमित्रै क्रमिक रुपमा फैलिँदै जानेछ ।