नेपालगञ्ज, १४ चैत । यो वर्ष बाँके जिल्लामा नौ हजार २९३ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदैछन् ।
भोलि चैत्र १५ गतेदेखि सञ्चालन हुने एसईईमा चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा सहभागी हुने शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । परीक्षाका लागि बाँकेमा ३४ परीक्षा केन्द्र तोकिएका छन् ।
शिक्षा समन्वय इकाई कार्यालयका अनुसार, नेपालगञ्ज उपमहानगरपालिकामा ९, कोहलपुर नगरपालिकामा १०, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा चार÷चार, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा एक÷एक वटा परीक्षा केन्द्र राखिएका छन् ।