नेपालगञ्ज, १३ चैत । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरमा श्रीमानले धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।
२२ बर्षीय श्रीमान अनिल विकले २१ बर्षीया श्रीमती सुशिला सुनारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । विकलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।
बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ४ मा स्थायी घर भएका अनिलले श्रीमती सुनारलाई धारिलो हतियारले ढाडमा प्रहार गरी घाइते बनाएर आफैं उपचार गराउन नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुर्याएका थिए । तर, उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
आरोपी विक पार्वतीपुरमा रहेको बागेश्वरी होम पाइप एण्ड पोल उद्योगमा काम गर्दै आएका थिए ।