नेपालगञ्ज, २७ फागुन । भारतको सोनी टिभीको पपुलर कार्यक्रम ‘इण्डियन आइडल’ वाट पहिचान बनाउनु भएकी गायिक मेनुका पौडेलले आप्नो उद्देश्य बलिबुडको फिल्मका लागि गीत गाउनु नै रहेको बताउनुभएको छ ।
नेपालगञ्ज कल्चर फेस्टिवलमा गीत गाउन आएकी गायिका पौडेलले आज आइतवार भएको पत्रकार भेटघाट कार्यक्रममा भन्नुभयो,‘संगितको कुनै भाषा हुँदैन, तथापी म भारतमा धेरै बस्ने भएकाले मैले धेरै हिन्दी गीत गाउनु अस्वभाविक होइन ।’
विशेषगरी दक्षिण भारतको सुपरडुपर हिट फिल्म ‘सलार’ का लागि गीत गाएर अझ बढी चर्चा बटुल्नु भएकी मेनुकाले नेपालगञ्ज कल्चर फेस्टिवल नेपालमै आप्नो पहिलो कन्सर्ट हो भन्नुभयो ।
नेपालगञ्ज कल्चर फेस्टिवलका आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले आफुलाई फेस्टिवलमा ल्याउन निकै उत्साहित गरेको बताउदै मेनुकाले भन्नुभयो-‘यसखाले कन्सर्टले कलाकारलाई सांगितिक उर्जा दिने काम गर्छ ।’
नेपालगञ्ज रंगशालामा आज आइतवार साँझ ७ बजे मेनुकाको एकल गीत प्रस्तुत हुँदैछ । मेनुकालाई हेर्न र उहाँको गीत सुन्न रंगशालामा दर्शकको संख्या आज अप्रत्याशित बढ्ने आंकलन गरिएको छ ।