नेपालगञ्ज, २ फागुन । नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा आप्mनो स्थान सुरक्षित गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले ७४ रनको लक्ष्य दिएको थियो । प्राविधिक कारणले नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएकामा ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले २२ रन र सीता रानामगरले १७ रन बनाएकी थिइन ।
कुवेतलाई ७३ रनमा समेट्न नेपालकी सीता राना मगरले ह्याट्रिक विकेट लिइन् भने रुबिना क्षेत्री र कविता कुँवरले समान दुई÷दुई विकेट लिएका थिए ।
नेपालले समुह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो । योजितसँगै सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कप क्रिकेटमा सहभागिता जनाउन पाउनेछन् ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.