नेपालगञ्ज, १९ माघ । संयुक्त राष्ट्र संघ अन्तरगत लेबनानमा शान्ति मिसनका लागि गएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।
श्री पुरानो गोरख गण ६४ औं डफ्फामा कार्यरत् सिपाही दोलखा स्थायी घर भएका सुवास थापाको मृत्यु भएको नेपाली सेना सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त गणको हेक्वार्टरको बंकरमा ड्यूटीमा रहँदा आफैंले बोकेको हतियारबाट गोली लागेका थापाको उपचारका क्रममा मृत्यु भएको सेनाले जनाइएको छ ।