नेपालगञ्ज, १३ माघ । बाँके प्रहरीले नेपालगञ्जको जमुनाहा नाकाबाट लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
भारतवाट सो नाका हुँदै नेपालगन्ज आउँदै गरेका सुर्खेतका २१ वर्षीय राज वलीलाई प्रहरीले २ ग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण ओलीले जानकारी दिनुभयो । प्रहरी चेकजाँचका क्रममा वलीवाट उक्त परिमाणको ब्राउनसुगर बरामद गरिएको हो ।
उनको साथवाट प्रहरी दुई थान मोबाइल फोनसमेत बरामद भएको जनाइएको छ । पक्राउ आरोपी युवक वलीसंग थप सोधपुछ भइरहेको प्रहरी प्रवक्ताले बताउनुभयो ।