नेपालगञ्ज, ३० कात्तिक । नेपाली कांग्रेसको तर्पmवाट बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेससभा (ख) का उम्मेदवार बादशाह कुर्मीविरुद्ध उजुरी परेकोछ । कुर्मीको उम्मदेवारी खारेजी माग गर्दै निर्वाचन कार्यालय बाँकेमा उजुरी परेको हो । उजुरीमा नेपालगञ्ज उपमहानगरपालिका १७ परसपुरकी निर्मला कुर्मी बेपत्ता घटनामा कुर्मी मुछिएको भन्दै महिला अधिकार मञ्चले उजुरी दिएको छ ।
सरकारद्धारा निर्मला वेपत्ता घटनाको छानविन गर्न गठन भएको समितिले पनि बादशाहलाई कारवाहीको सिफारिस गरेको भन्दै मञ्चले उजुरी दिएको जनाइएको छ । ‘सो घटना प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको र छानवीन समितिले दोषी ठहर गरेकाले कुर्मीको उम्मेदवारी खारेज हुनुपर्छ’—उजुरीमा भनिएको छ ।
निर्मला ०६६ मा एकाएक बेपत्ता भएको र उनको हत्या भएको परिवारका सदस्य बताउछन् । हत्यामा बादशाह संलग्न रहेको भन्दै परिवारका सदस्यहरुकातर्पmवाट जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरीसमेत परेको छ ।