नेपालगञ्ज, ३१ असार । यातायात व्यवसायीहरुले सर्वाधिक सवारी चाप हुने नेपालगञ्जको विपी चोकमा आज झण्डै दुई घण्टा आप्mनो सवारी साधन माइक्रोबस र म्याजिक भ्यान तेस्र्याएर चक्काजाम गरेका छन् । कोहलपुरदेखि जमुनाहा नाकासम्म चल्ने माइक्रोबस र म्याजिक भ्यानका व्यवसायीहरुले चक्काजाम गरेका हुन् ।
नेपालगञ्जमा आधुनिक बसपार्क बनेपछि सबै बसहरु बसपार्कबाटै छुट्नुपर्ने नियम बनाइएको छ । नियम अन्तर्गत नेपालगञ्ज–कोहलपुर चल्ने सवारी साधनलाई पनि एकपटक बसपार्कमा पुग्नैपर्ने र ५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । यही नियम अव्यवहारिक भएको भन्दै गाडी सञ्चालकहरुले यसले अन्य सवारी साधन समेत चल्न नदिने गरी सडकमै गाडी तेस्र्या चक्काजाम गरेका हुन् ।
यसरी हठात गरिएको चक्काजामले केहि घण्टा नेपालगन्जको सवारी व्यवस्था लथालिङ्ग भैm भएको थियो । ट्राफिक र जनपद प्रहरी पनि मूकदर्शक भएर गाडी व्यवसायीलाई सम्झाउनै व्यस्त देखिन्थे । अझ प्रहरीले धम्बोझीदेखि केहि अगाडी र गणेशमान चोकमा उभिएर सो वाटो आउने सवारी साधनलाई छेउको वाटो जान आदेश गरिरहेका थिए । झण्डै दुई घण्टापछि यातायात व्यवसायीले आआप्mनो सवारी साधन आफुखुशी हटाएपछि मात्र सो क्षेत्रको यातायात सुचारु भएको थियो ।
चक्काजामकै क्रममा विपीचोकस्थित नेपालगन्ज उपमहानगरपालिकामा पालिका पदाधिकारी र व्यवसायीबीच भएको छलफलमा मागका सम्बन्धमा केहि दिनभित्रै निर्णयमा पुग्ने मौखिक सहमति भएको मेयर प्रशान्त विष्टले बताउनुभयो । ‘यो व्यवस्था पुरानै रहेछ, ठेक्काको अवधि पनि ३ वर्ष पुग्नै लागेको छ । हामी कुनै निर्णयमा पुग्छौ’—मेयर विष्टले भन्नुभयो । नेपालगन्ज उपमहानगरपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने नियममा भएकाले पनि माग यातायात व्यवसायीको माग सम्बोधनमा खासै समस्या नआउने मेयर विष्टको भनाइ छ ।