बाँके प्रहरीले एक वर्षमा १६८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्चार्ज चक्र डम्बर पालका अनुसार, गत साउनदेखि यही असार महिनासम्म १६८ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो । बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार प्रतिवादीलाई प्रहरीले विभिन्न स्थानहरुबाट पक्राउ गरेकोे हो ।
पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ रुपैया जरिवाना र १ सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको मुद्दा शाखा प्रमुख पालले जानकारी दिनुभयो।
यसैबीच, बाँके प्रहरीले भारतबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको ठुलो परिमाणमा अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज १४ भाटनपुर्वाबाट २ लाख १७ हजार १ सय रुपैयाँ बराबरका अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी बाँकेक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।
बरामद गरिएका १९६ थान लेडिज कुर्ता सुरुवाल, १९ थान कोटपाइन्टको कपडा र १९ थान लेडिज पछ्यौरा नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।