नेपालगञ्ज, २९ असार । खेल विद्याको माध्यमवाट नेपालगन्जका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन लागिएको छ । विभिन्न विद्यालयमा अध्ययनरत १५० बढी किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि खेल विद्याको तालिम दिन लागिएको जिल्ला खेलकुद विकास समिति, बाँकेका अध्यक्ष सन्दिपजङ्ग शाहले जानकारी दिनुभयो ।
आजवाट ३ दिनसम्म संचालन हुने तालिममा मूलतः कराते र तेक्वान्दोको प्रशिक्षण दिन लागिएको हो । यी दुई विद्याका साथै एथलेटिक्स, भलिबल र फुटबलको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइने अध्यक्ष शाहले बताउनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र बाँके जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको तालिममा प्रशिक्षकहरु करातेमा कृष्णबहादुर चौधरीले, तेक्वान्दोमा चन्द्रप्रकाश श्रेष्ठ, भलिबलमा लालबहादुर मल्ल, एथलेटिक्समा छबिलाल थापा मगरले र फुटबल खेलको तालिम रवीन्द्रकुमार श्रेष्ठले दिनु हुनेछ । सो तालिमको नेपालगन्जका मेयर प्रशान्त विष्ट उदघाटन गर्दै आत्मरक्षाको लागि यसप्रकारको तालिम आवश्यक भएको बताउनु भयो ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.