नेपालगञ्ज, १७ असार । लामो समय शून्यमा रहेको बाँकेमा फेरि कोरोना संक्रमण देखिएको छ । फोकलपर्सन तेज वलीका अनुसार, बाँकेको सदरमुकाम नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएकाहरुको नमूना पीसीआर परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये नेपालगञ्ज वडा नं. १८ का २ जना र वडा नं. १० का १ जना रहेका छन् ।
बाँकेमा फेरी कोारोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयले आमनागरिकसंग स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहले छुटेकालाई खोप लगाउन र दोश्रो मात्रा लगाएकाले ३ महिनापछि वुस्टर खोप लगाउन आग्रह गर्नुभएको छ ।