नेपालगन्ज, ६ असार । धान खेतीका बेला मलखाँद नपाएपछि देशैभरका किसान चिन्तित बनेका छन् । बाँकेका किसानलाई पनि यो समस्याले पिरोल्नु पिरोलेको छ । यही अवस्थालाई दृष्टिगत गरी किसानलाई मलखाँद छिटो उपलव्ध गराउन नागरिक समाजका तर्फबाट जिल्ला प्रशासन कार्यालय, बाँकेलाई ज्ञापनपत्र बुझाइएको छ । बाँकेमा मौज्दात रहेको मल सहज रुपमा किसानसम्म पु¥याउने वातावरण मिलाउन नेपालगन्जस्थित सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो । केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले बुझाएको ज्ञापनपत्रमा किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बिउ, मल उपलब्ध गराउनुपर्ने माग उल्लेख गरिएको छ ।
© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.