• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार समय: १९:२१ मिनेट
0 0
0
युवा नागरिक स्कोर कार्ड सम्बन्धी प्रशिक्षक प्रशिक्षण सम्पन्न
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, १५ कार्तिक ।  सुरक्षित भविष्य परियोजनाअन्तर्गत प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सञ्चालित युवा नागरिक स्कोर कार्ड सम्बन्धी पाँचदिने प्रशिक्षक प्रशिक्षण आज सम्पन्न भएको छ।

पाँच दिने उक्त तालिममा बर्दिया जिल्लाका मधुवन, गुलरिया र ठाकुरबाबा नगरपालिकाका २० जना युवा स्वयंसेवक तथा परियोजनाका कर्मचारीसहित जम्मा ३० जनाको सहभागिता रहेको थियो।

तालिमको मुख्य उद्देश्य युवाहरूको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्नु, बालबालिका, किशोरकिशोरी तथा युवाहरूको अधिकार प्रवर्द्धन गर्नुका साथै विशेषगरी सीमान्तकृत तथा पछाडि पारिएका समुदायको सार्वजनिक सेवामा समान र सहज पहुँच सुनिश्चित गर्न युवाहरूको भूमिका सुदृढ गर्नु रहेको थियो।

तालिमका क्रममा सहभागीहरूले सरकारी विद्यालय तथा स्थानीय सरकारबाट प्रवाह हुने सेवाको गुणस्तर मूल्याङ्कन गर्ने, सेवाग्राही तथा अभिभावकको सन्तुष्टिको अवस्था विश्लेषण गर्ने, सेवा प्रदायकहरूको भूमिका तथा जिम्मेवारीको समीक्षा गर्ने र सेवा प्रवाहमा रहेका सबल पक्ष, चुनौती तथा सुधार गर्नुपर्ने क्षेत्रहरू पहिचान गर्ने विषयमा सैद्धान्तिक ज्ञान तथा व्यावहारिक सीप हासिल गरेका थिए।

यसका साथै सरोकारवालासँग प्रभावकारी समन्वय तथा संवाद गर्ने, प्रमाणमा आधारित सूचना तथा तथ्याङ्क सङ्कलन र विश्लेषण गर्ने एवं सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन व्यावहारिक सुझाव र कार्ययोजना तयार गर्ने विषयमा समेत विशेष जोड दिइएको थियो।

तालिम समापन समारोह बाँके युनेस्को क्लबका उपाध्यक्ष श्री निरज कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेजबहादुर भाट प्रमुख अतिथिका रूपमा तथा प्लान इन्टरनेशनल नेपाल, सुर्खेतकी क्षेत्रीय कार्यक्रम प्रबन्धक सुश्री मीना पराजुली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

समापन सत्रमा सहभागीहरूले परियोजनाको अवधि समाप्त भएपछि पनि युवा नागरिक स्कोर कार्डको अवधारणालाई निरन्तरता दिनुपर्ने आवश्यकतामाथि जोड दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप तथा अनुभवलाई आ–आफ्नो समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूलाई बालअधिकार प्रवर्द्धन, किशोरकिशोरीको सशक्तीकरण तथा गुणस्तरीय शिक्षा र बाल संरक्षण सेवामा पहुँच अभिवृद्धिका लागि समुदाय, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरोकारवालासँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रोत्साहित गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगर प्रमुख श्री तेजबहादुर भाटले युवाहरू समुदायका अमूल्य सम्पत्ति तथा सकारात्मक सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएको उल्लेख गर्दै बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य हानिकारक सामाजिक अभ्यासविरुद्धका अभियानमा युवाहरूले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, विशिष्ट अतिथि प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय कार्यक्रम प्रबन्धक सुश्री मीना पराजुलीले युवाहरूको सक्रिय सहभागिता तथा सरोकारवाला निकायहरूबीचको आपसी सहकार्य र समन्वयबाट बालबालिका तथा किशोरीहरूको अधिकार संरक्षण र सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले बालअधिकार सुनिश्चित गर्न तथा किशोरीहरूको सशक्तीकरणलाई थप प्रभावकारी बनाउन युवाहरू र सम्बन्धित सरोकारवालाहरूको साझा प्रयास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा बाँके युनेस्को क्लबका उपाध्यक्ष श्री निरज कुमार गौतमले समाजमा सकारात्मक परिवर्तन ल्याउन किशोरकिशोरी तथा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरका अभियान तथा पहलहरूमा युवाहरूले आत्मविश्वास, जिम्मेवारीबोध र जवाफदेहिताका साथ नेतृत्व लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

तालिमपश्चात् युवा स्वयंसेवकहरूले विद्यालय, स्थानीय सरकार, स्वास्थ्य संस्था, किशोरीहरू तथा अन्य सम्बन्धित सरोकारवालाहरूसँग समन्वय, परामर्श, छलफल तथा अन्तरक्रिया गरी सार्वजनिक सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने, सुधार गर्नुपर्ने पक्षहरू पहिचान गर्ने तथा गुणस्तरीय शिक्षा र प्रभावकारी बाल संरक्षण सेवाका लागि पैरवी गर्नेछन्।

यस पाँचदिने तालिमको सफल समापनले युवा नेतृत्वमा आधारित सामाजिक जवाफदेहिता, अर्थपूर्ण सहभागिता तथा स्थानीय सुशासनमा युवाहरूको रचनात्मक संलग्नता अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण आधार तयार गरेको छ। आवश्यक ज्ञान, सीप र व्यावहारिक अनुभवबाट सशक्त भएका युवाहरू आगामी दिनमा जिम्मेवार परिवर्तनका संवाहकका रूपमा स्थापित हुँदै थप समावेशी, जवाफदेही तथा बालमैत्री समुदाय निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तालिमको सहजीकरण रोशन तिमिल्सेनाले गर्नुभएको थियो।

सुरक्षित भविष्य परियोजना प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा सहयोगमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्र द्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको छ।

अघिल्लो पोस्ट

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता

अर्को पोस्ट

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 
लुम्बिनी प्रदेश

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर
लुम्बिनी प्रदेश

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता
लुम्बिनी प्रदेश

परियोजनाको अनुगमन, मानव बेचबिखनविरुद्ध साँझा प्रतिबद्धता

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण
विकास गतिविधि

जवाफदेही सुशासनका लागि युवा सशक्तीकरण

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता
लुम्बिनी प्रदेश

सरोकारवालाहरूको सामूहिक प्रतिबद्धता

विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम
लुम्बिनी प्रदेश

विपन्न बालबालिकाको उज्ज्वल भविष्यको सकारात्मक कदम

अर्को पोस्ट
करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

करियर परामर्श तथा व्यवसाय अभिमुखीकरण: आत्मनिर्भरताको दिशामा नयाँ अवसर

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

मानव बेचबिखन नियन्त्रणमा स्थानीय प्रयास 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist