• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक

२०८३ श्रावण १२ गते, मंगलवार समय: २१:१९ मिनेट
0 0
0
रणनीतिक समन्वयका लागि उच्चस्तरीय बैठक
0
शेयरहरू
2
VIEWS
Share on FacebookShare on Twitter

गुलरिया, बर्दिया साउन १२ । बाँके युनेस्को क्लब, राधाकृष्ण जनसेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सेफ फ्युचर परियोजनाअन्तर्गत उच्चस्तरीय संयुक्त व्यवस्थापन बैठक बर्दियाको गुलरियामा सम्पन्न भएको छ ।

बैठकको संयुक्त अध्यक्षता राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ तथा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले गर्नुभएको थियो । बैठकमा दुवै संस्थाका सञ्चालक समितिका सदस्यहरू तथा वरिष्ठ व्यवस्थापन टोलीको सहभागिता रहेको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष सिद्दिकीका अनुसार बैठकको मुख्य उद्देश्य बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रबीच रणनीतिक समन्वयलाई थप सुदृढ बनाउनु, संस्थागत सुशासनलाई प्रभावकारी बनाउनु तथा परियोजनाका सम्पूर्ण गतिविधिहरूको नजिकबाट अनुगमन र प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्नु रहेको थियो ।

राधाकृष्ण जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठले बैठकमा अन्तरसंस्थागत सहकार्यलाई थप प्रभावकारी बनाउने, तथ्यांकको गुणस्तर र प्रगति प्रतिवेदनलाई विश्वसनीय तथा व्यवस्थित बनाउने, उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्ने तथा फिल्डस्तरका गतिविधिहरूलाई गुणस्तरीय ढंगले सञ्चालन गर्ने विषयमा विस्तृत छलफल भएको बताउनुभयो ।

बैठकका सहभागीहरूले परियोजनाको सफल कार्यान्वयनका लागि सशक्त टोलीगत कार्य, पारदर्शिता, आपसी विश्वास र नियमित समन्वय अपरिहार्य रहेकोमा जोड दिएको बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले जनाउनुभयो ।

तुलाधरका अनुसार बैठकले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण रणनीतिक निर्णयहरू समेत गरेको छ । जसअनुसार कन्सोर्टियम अन्तर्गत सञ्चालन हुने सम्पूर्ण गतिविधिमा एकीकृत संयुक्त ब्रान्डिङ लागू गरिने, प्रत्येक महिनामा संयुक्त प्रगति समीक्षा तथा अनुगमन बैठक सञ्चालन गरिने, साथै विषयगत प्रतिवेदन प्रणालीलाई एकरूपता प्रदान गरिने निर्णय गरिएको छ ।

त्यसैगरी, स्थानीय तहसँग प्रभावकारी समन्वय र परियोजनाको साझा स्वामित्व सुनिश्चित गर्न बर्दिया जिल्लाका सातवटै पालिकामा आगामी दिनहरूमा नगरस्तरीय परियोजना शुभारम्भ बैठक आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

बैठकको समापनमा दुवै संस्थाका सञ्चालक समिति तथा कार्यकारी व्यवस्थापनले कन्सोर्टियम साझेदारीलाई उत्कृष्ट नमुनाका रूपमा स्थापित गर्दै बालबालिका, किशोरकिशोरी तथा युवाको सुरक्षित भविष्य निर्माणका लागि गुणस्तरीय, प्रभावकारी र दीगो उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अघिल्लो पोस्ट

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन

सम्बन्धित समाचार

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन
लुम्बिनी प्रदेश

बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण
शिक्षा

मुस्लिम धार्मिक अगुवाहरुलाई पोषण अभिमुखीकरण

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय पोषण अभिमुखीकरण कार्यक्रम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न
मौसम

बाँके रेडक्रसको मनसुन पूर्व तयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा
धर्म-संस्कृति

राष्ट्रिय धान दिवस र असार १५ को दही चिउरा परम्परा

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक
लुम्बिनी प्रदेश

राप्तीसोनारी गाउँपालिकाद्वारा ९२ करोड ४२ लाखको बजेट सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist