• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान

२०८३ जेष्ठ २३ गते, शनिबार समय: १९:४५ मिनेट
0 0
0
विश्व वातावरण दिवस: बर्दियाका सामुदायिक अगुवाहरूलाई सम्मान
0
शेयरहरू
3
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया, २३ जेठ । विश्व वातावरण दिवस २०२६ को अवसरमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा वातावरण संरक्षण, जलवायु अनुकूल विकास, विपद् जोखिम न्यूनीकरण तथा सामुदायिक नेतृत्व प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरिएका छन् ।

ती कार्यक्रममार्फत वातावरणीय संरक्षण, जैविक विविधताको संवद्र्धन, विपद् तयारी तथा सामुदायिक सशक्तीकरणमा योगदान पुयाउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको हो ।

राजापुर नगरपालिका–३ मा बाढी विपद् व्यवस्थापन तथा पूर्वतयारी अभ्यास, वृक्षारोपण कार्यक्रम र विशेष सम्मान समारोह आयोजना गरिएको थियो । कार्यक्रम राजापुर नगरपालिकाको आयोजना तथा बाँके युनेस्को क्लब, बी–ग्रुप, कमैया महिला जागरण समाज, थारु महिला उत्थान केन्द्र, आईएनएफ, राधाकृष्ण थारु जनसेवा केन्द्र, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायको सहकार्यमा सम्पन्न भएको हो ।

विपद पूर्वतयारीमार्फत सहभागीहरूलाई बाढी जोखिम पहिचान, पूर्वसूचना व्यवस्थापन, सुरक्षित उद्धार, खोज तथा राहत व्यवस्थापन, प्राथमिक उपचार लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको थियो । यसले समुदायलाई विपद्का बेला प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन आवश्यक ज्ञान तथा सीप प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजापुर नगरपालिकाका विपद् फोकल व्यक्ति खुसीराम थारुले प्राकृतिक विपद् रोक्न नसकिए पनि समयमै तयारी र समन्वयात्मक प्रयासबाट जनधनको क्षति न्यून गर्न सकिने बताउनुभयो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित सम्मान समारोहमा वातावरण संरक्षण, जैविक विविधता प्रवद्र्धन, हरित उद्यम विकास, बाल संरक्षण, बालविवाह न्यूनीकरण तथा मानव बेचबिखनविरुद्ध उल्लेखनीय योगदान पु¥याउने ३५ जना व्यक्ति तथा समूह र ७ वटा संस्था तथा परियोजनालाई सम्मान गरिएको थियो ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारुले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले वातावरण अभियन्ता, सामाजिक कार्यकर्ता, उद्यमी तथा विकास साझेदारहरूलाई थप प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

बाँके युनेस्को क्लबका प्रतिनिधि राधेकृष्ण थारुले स्वागत मन्तव्यका क्रममा सम्मान कार्यक्रमको उद्देश्य, छनोट प्रक्रिया तथा मूल्याङ्कनका आधारबारे जानकारी गराउनुभएको थियो ।

यसैबीच, ठाकुरबाबा नगरपालिकाले “जलवायु तथा प्रकृतिमैत्री विकासः समृद्ध भविष्यको आधार” भन्ने नारासहित ठाकुरबाबा नगर अस्पताल, न्यौलापुर परिसरमा वृक्षारोपण कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

कार्यक्रम ठाकुरबाबा नगरपालिका, बाँके युनेस्को क्लबको ग्रीन इकोनोमी परियोजना, बी–ग्रुप तथा कमैया महिला जागरण समाजको समन्वयमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा स्वयंसेवक, वातावरण अभियन्ता, समुदायका सदस्य तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

ठाकुरबाबामा आयोजित विशेष सम्मान कार्यक्रममा वातावरण संरक्षण, जैविक विविधता संवद्र्धन, हरित उद्यमशीलता तथा सामुदायिक सशक्तीकरणमा योगदान पु¥याउने ४१ जना व्यक्ति तथा समूह र ५ वटा संस्था तथा परियोजनालाई सम्मान गरिएको थियो ।

सम्मानित व्यक्तिहरूमध्ये वातावरण संरक्षणमा सक्रिय अभियन्ता, हरित उद्यमी तथा सामुदायिक वन संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अगुवाहरू रहेका थिए । उनीहरूले स्थानीय स्रोतसाधनको दिगो उपयोग, प्रकृति संरक्षण र आर्थिक सशक्तीकरणमा उल्लेखनीय योगदान पु¥याएका छन् ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई बधाई दिँदै वातावरण संरक्षण र जलवायु अनुकूल विकासलाई प्राथमिकता दिइने बताउनुभयो ।

दुवै नगरपालिकामा सम्पन्न कार्यक्रमहरूले वातावरण संरक्षण, विपद् तयारी, जैविक विविधता संवद्र्धन तथा सामाजिक रूपान्तरण साझा जिम्मेवारी भएको सन्देश प्रवाह गरेका छन् ।

अघिल्लो पोस्ट

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग

सम्बन्धित समाचार

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग
लुम्बिनी प्रदेश

ठाकुरबाबा र राजापुरका युवा महिलालाई  व्यवसायिक सहयोग

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन
खेलकुद

अन्तरविद्यालय छात्र टी-ट्वान्टी क्रिकेटमा सिद्धार्थ विद्या सदन च्याम्पियन

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ
दुर्घटना/अपराध

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ

बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला
लुम्बिनी प्रदेश

बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला

शिक्षकहरूको शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न
लुम्बिनी प्रदेश

शिक्षकहरूको शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न

बर्दियाका तीन पालिकालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण
लुम्बिनी प्रदेश

बर्दियाका तीन पालिकालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist