• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

शिक्षकहरूको शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न

२०८३ जेष्ठ १८ गते, सोमबार समय: २०:५२ मिनेट
0 0
0
शिक्षकहरूको शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न
0
शेयरहरू
7
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया,१८ जेठ  । बाँके युनेस्को क्लबको आयोजना,  प्लान नेपालको साझेदारी तथा मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा प्रारम्भिक बालविकास शिक्षकहरूका लागि ३ दिने शैक्षिक सामग्री निर्माण तालिम सम्पन्न भएको छ।

तालिमको मुख्य उद्देश्य प्रारम्भिक बालविकास केन्द्र तथा विद्यालयहरूमा कार्यरत शिक्षकहरूको क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा सहज रूपमा उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी कम लागतमा बालमैत्री, सिर्जनशील तथा सिकाइमैत्री शैक्षिक सामग्री निर्माण र प्रभावकारी प्रयोग गर्ने सीप विकास गर्नु रहेको थियो। साथै, बालबालिकाको सर्वाङ्गीण विकासलाई टेवा पुग्ने गरी स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोचक, सहभागितामूलक तथा गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई उत्प्रेरित गर्नु पनि तालिमको प्रमुख उद्देश्य रहेको थियो।

तालिममा मधुवन नगरपालिकाका विभिन्न विद्यालय तथा प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत १६ जना ईसीडी शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। तीन दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले बालकेन्द्रित शिक्षण विधि, उमेरअनुकूल सिकाइ क्रियाकलाप, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी शैक्षिक सामग्री निर्माण सम्बन्धी ज्ञान र व्यवहारिक सीप हासिल गरेका थिए।

तालिमका क्रममा शिक्षकहरूले काठ, कागज, कपडा, बीउबिजन, बोतल, डोरी लगायत स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग गरी वर्णमाला, संख्या, आकार, रङ पहिचान, भाषा विकास, सामाजिक तथा भावनात्मक विकास, शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विविध शैक्षिक सामग्री निर्माण गरेका थिए। निर्माण गरिएका सामग्रीहरू प्रत्यक्ष रूपमा कक्षाकोठामा प्रयोग गर्न सकिने गरी तयार गरिएको थियो।

तालिमको सहजीकरण प्रशिक्षक हसना चौधरी ले गर्नुभएको थियो। उहाँले सहभागितामूलक तथा व्यवहारिक अभ्यासमार्फत शिक्षकहरूलाई बालमैत्री सिकाइ सामग्री निर्माण, प्रयोग तथा व्यवस्थापनका विविध पक्षबारे प्रशिक्षण प्रदान गर्नुभएको थियो। अधिकांश सत्रहरू व्यवहारिक अभ्यासमा आधारित भएकाले सहभागीहरूले सिकाइसँगै प्रत्यक्ष अनुभवसमेत प्राप्त गरेका थिए।

तालिमको समापन कार्यक्रम मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाट को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल, बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने, परियोजना संयोजक ईश्वर बिके, लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सावित्रा भाट ले गर्नुभएको थियो।

समापन समारोहमा परियोजना संयोजक ईश्वर बिके ले परियोजनाको उद्देश्य तथा गतिविधिबारे जानकारी गराउँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा रूपान्तरण गरी बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षकहरूलाई आग्रह गर्नुभयो। उहाँले गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षाको प्रवर्द्धनमा शिक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नवप्रवर्तनशील र बालमैत्री अभ्यासहरूको अवलम्बन आवश्यक रहेको बताउनुभयो।

बाँके युनेस्को क्लबका उप–कार्यकारी निर्देशक गोविन्द प्रसाद लामिछाने ले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गर्दै बालबालिकाका लागि सिर्जनशील, सुरक्षित र सिकाइमैत्री वातावरण निर्माण गर्न शिक्षकहरूलाई प्रेरित गर्नुभयो। उहाँले प्रारम्भिक बालविकास शिक्षा नै बालबालिकाको उज्ज्वल भविष्य निर्माणको आधार भएकाले यस क्षेत्रमा लगानी र प्रतिबद्धता अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनाल ले बालबालिकाको सर्वाङ्गीण विकासमा प्रारम्भिक बालविकास शिक्षाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै शिक्षकहरूलाई आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गर्नुभयो। उहाँले मधुवन नगरपालिकाले ईसीडी शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक सहयोग, समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समापन समारोहका अध्यक्ष तथा मधुवन नगरपालिकाका प्रमुख तेज बहादुर भाट ले बाँके युनेस्को क्लब र Plan International Nepal द्वारा सञ्चालन गरिएको यस पहलको प्रशंसा गर्दै प्रारम्भिक बालविकास क्षेत्रमा गरिएको लगानी नै भविष्यमा सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक निर्माणको आधार हुने बताउनुभयो। उहाँले स्थानीय स्रोत–साधनको अधिकतम प्रयोगमार्फत बालमैत्री तथा नवप्रवर्तनशील सिकाइ वातावरण निर्माण गर्न शिक्षकहरूलाई आग्रह गर्दै नगरपालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी, व्यवहारिक तथा प्रभावकारी रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले स्थानीय सामग्री प्रयोग गरी शैक्षिक सामग्री निर्माण गर्ने सीप, दक्षता र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै आगामी दिनमा प्राप्त ज्ञान र सीपलाई विद्यालय तथा ईसीडी केन्द्रहरूमा प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, यस्ता क्षमता विकासमूलक कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्था, प्रशिक्षक तथा सहयोगी निकायहरूप्रति आभार व्यक्त गरेका थिए।

तीन दिनसम्म सञ्चालन भएको उक्त तालिम गुणस्तरीय, समावेशी, बालमैत्री तथा दिगो प्रारम्भिक बालविकास शिक्षाको प्रवर्द्धन गर्ने साझा प्रतिबद्धतासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

अघिल्लो पोस्ट

बर्दियाका तीन पालिकालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

अर्को पोस्ट

बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला

सम्बन्धित समाचार

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 
लुम्बिनी प्रदेश

बारबर्दिया नगरपालिकामा बालअधिकार समितिको बैठक 

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 
लुम्बिनी प्रदेश

प्रारम्भिक तहका शिक्षकका लागि एकीकृत पाठ्यक्रम सम्बन्धी तालिम 

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 
गतिविधि

बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी घरदैलो अभियान 

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 
लुम्बिनी प्रदेश

विद्यालयस्तरीय बाल संरक्षण सुदृढीकरण सम्बन्धि समीक्षा तथा प्रतिबिम्ब बैठक 

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक
लुम्बिनी प्रदेश

बर्दियाको ठाकुरबाबा र मधुवनमा यति परियोजनाको बैठक

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण
लुम्बिनी प्रदेश

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण

अर्को पोस्ट
बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला

बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना कार्यशाला

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ

बाँकेमा अवैध सामान र लागू औषधसहित दुई जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist