नेपालगञ्ज, २२ माघ । बाँकेको जानकी गाउँपालिकामा विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । रनिङ्ग शिल्ड खेलकुदवाट माथिल्लो तहको खेल प्रतियोगिताका लागि खेलाडी छनौट गरिने बताइएको छ ।
रनिङ्ग शिल्डका साथै आजैदेखि अध्यक्ष कप खेलकुद प्रतियोगिता पनि शुरु भएको छ । जानकी गाउँपालिकाको मानपुरस्थित कन्या आधारभूत विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको छ ।
प्रतियोगिता उद्धाटन समारोहमा गाउँपालिका अध्यक्ष छब्बन खाँले शिक्षा र खेलकुदका लागि गाउँपालिकाबाट सबैप्रकारका सहयोग हुने बताउनुभयो ।