नेपालगञ्ज, ४ फागुन । बुधवार राति घरको खाना पकाउने ग्याँस सिलिण्डर विष्ष्mोटमा परी गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । ग्याँस सिलिण्डर विष्फोटमा परी सांसद भण्डारी समेत गम्भीर घाइते हुनुभएको छ । सांसद भण्डारीको काठमाडौं बुद्धनगरस्थित निवासमा सिलिण्डर विष्फोट भएको हो । शरीरको २५ प्रतिशत भाग जलेको सांसद भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत लैजाने तयारी भइरहेको जनाइएको छ । सांसद भण्डारीको प्रारम्भिक उपचार हाल किर्तिपुरस्थित जनस्वास्थ्य सेवा ट्रष्टमा भइरहेको छ । सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको डा. निजिला तामं्राकारले जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिनुभएको छ