• युनिकोड
No Result
सबै नतिजा हेर्नुहोस्
Online News Portal
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
news
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
Online News Portal
No Result
सबै नतिजा हेर्नुहोस्

बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन

२०८२ फाल्गुन ४ गते, सोमबार समय: १९:०६ मिनेट
0 0
0
बाँके-३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा छन् पुन
0
शेयरहरू
4
VIEWS
Share on FacebookShare on Twitter

खजुरा (बाँके), फागुन ४ । अमर सिंह पुन जुझारु र गतिशील नेता हुन् । नवीन सोच र संकल्पसहित अगाडि बढिरहेको नेपाली कांग्रेसको विचारलाई आम जनतामाझ स्थापित गराउने जुझारु नेताका रुपमा आमजनतासँग परिचित नाम हो, अमर सिंह पुन ।

कांग्रेसभित्र पनि स्पष्ट र समयसापेक्ष दृष्टिकोण राख्ने छवि बनाएका नेता पुन फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट चुनावी दौडमा छन् । कांग्रेसको लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारीमा समेत रहेको पुन बाँके क्षेत्र नम्बर ३ लाई विकास र समृद्धिको राजमार्गमा दौडाउने अठोटका साथ चुनावी मैदानमा उत्रिएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक हिसाबले देशकै नमुना क्षेत्रका रुपमा परिचय खोज्दै गरिरहेका क्षेत्र हो । देशकै विकासमा योगदान गर्न सक्ने सामथ्र्य राख्ने यस क्षेत्रका आमजनताको रोजाइँमा पर्ने आत्मविश्वासका साथ पुन जनताबाट अनुमोदन हुने चरणमा अघि बढेका छन् ।

नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् नेपालका पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सच्चा अनुयायी पुनमा बाँके क्षेत्र नम्बर ३ को समृद्धिको सपनालाई नेतृत्व गर्न सक्ने क्षमता देखिएको कारण पनि, यहाँका जनताले रुचाउन थालेका छन् । क्षेत्र नम्बर ३ का समस्यालाई राष्ट्रिय एजेन्डाका रुपमा सम्बोधन गर्दै यस क्षेत्रको समग्र विकासको लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।

पुन भन्छन्, ‘नेपाली जनतामा देखिएको निराशालाई चिर्दै जेन्जी विद्रोहको मर्म अनुसार देशको समृद्धिको लागि काम गर्ने संकल्पसहित मैले उम्मेदवारी दिएको छु । नेपाली कांग्रेस अहिले आमजनता र युवाको भावनालाई बोकेर हिँडिरहेको पार्टी हो । जस्तोसुकै संकटको बेला पनि हामी देशलाई माथि राखेर काम गर्ने प्रतिज्ञा गर्छौं ।’

पुनको जन्म २०२७ साल अषाढ ३ गतेको दिन तत्कालीन राँक गाविस वडा नम्बर ८ हालको गंगादेव गाउँपालिका वडा नम्बर ७ रोल्पामा भएको थियो । उनको पिताको नाम विरबहादुर पुन र माताको नाम नन्दु पुन हो । पुनको बाल्यकाल गाँउमै वितेको थियो । उनी मध्यम परिवारको सदस्य हुन् । प्राथमिक तहको शिक्षा उनले गाउँकै विद्यालयबाट पूरा गरेका थिए । काम विशेषले करिब १८ वर्षको उमेरमा उनलाई भारत प्रस्थान गर्नुपरेको थियो । भारतमै उनले हाईस्कूल तहको अध्ययन हासिल गरेका हुन् । यसरी विभिन्न उत्तरचढावका साथ उनको बाल्यकाल बित्यो । सानै उमेरदेखि पुन चलाख, निडर र सामाजिक काममा नेतृत्व गर्ने दख्खल राख्दथे ।

राजनीतिक चेत भएको परिवारमा जन्मेकाले उनले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधिमा सहभागी हुने अवसर प्राप्त गरे । पुन भारतबाट २०५० सालमा नेपाल फर्केका थिए । नेपाल फर्केपछि उनी गाउँघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर हुन थाले । पञ्चयात कालमा बहुदलीय व्यवस्था पुनःस्थापनाको लागि विभिन्न राजनीतिक अभियानमा सक्रिय बनेका पुन बहुदलको पुनःस्थापनापछि औपचारिक रुपमा राजनीतिमा होमिएका हुन् । तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संङ्गठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन पुनले वि.सं. २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । २०५२ बाट सुरु भएको माओवादी जनयुद्धको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि वि.सं. २०५६ सालदेखि नेपालगञ्जमा बसे । २०५८–०५९ मा नेपालगञ्ज रहँदा पनि द्वन्दको प्रभाव बद्ढै गयो र उनीमाथि हुन सक्ने खतराको जोखिम रोक्न प्रशासनकै सल्लाहमा काठमाडौँमा बस्न थाले । माओवादीले उनीमाथि पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो । २०६२–२०६३ को दोस्रो जनआन्दोलनमा महत्वपूर्ण सहभागिता जनाएका पुन प्रहरी दमनबाट घाइते हुनुका साथै केही समय हिरासतमा पनि बसेका थिए ।

पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखि हालसम्म निरन्तर महासमिति सदस्य छन् । २०६२ सालमा भएको कांग्रेसको ११औं अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन २०७२ सालमा सम्पन्न नेपाली कांग्रेसको १३औं महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित भएका थिए । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट पुन संविधान सभा सदस्यमा निर्वाचित भए । कोइराला परिवारसँग निकट रहेर काम गरेका पुन नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको विशेष योजनाकार मध्येका एक थिए । उनले कोइरालाको दैनिकी कार्य सञ्चलानको लागि निकट रहेर सहयोग गरे ।

उनले संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गरे । ‘हिमाल हाम्रो शिर हो, पहाड हाम्रो छाती हो र तराई हाम्रो पाइला हो’ भन्ने भावनालाई शिरोपर गर्दै तत्कालीन प्रचन्ड नेतृत्वको सरकारबाट मन्त्री बन्नको लागि गरिएको अनुरोधलाई समेत बेवास्ता गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको कमाण्ड समालेका पुन अहिले सोही आन्दोलनको जगमा निर्माण भएको प्रदेश सभापतिको पदमा आसिन छन् । नेपाली कांग्रेसको २०७८ मंसिरमा भएको १४औं महाधिवेशनबाट उनी लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित भए । पुन २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सिंचाई राज्यमन्त्री समेत बने ।

 

सधैं नेतृत्वको प्रतिपक्ष भूमिकामा रहने छवि बनाएका पुन नेपाली कांग्रेसको प्रभावशाली नेता मानिन्छन् । आवश्यकता र उपयुक्तताको आधारमा पार्टीमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता राख्ने पुनले पार्टीमा सादगी र सरल नेताको परिचय बनाएका छन् ।

सालिन र सरल नेताको छबि बनाएका पुन बाँके क्षेत्र नम्बर ३ का जनताको भरोसालाई टुट्न नदिने बाचासहित चुनावी मैदानमा छन् । बाँके क्षेत्र नम्बर का ३ आमजनताले यहाँको समृद्धि, विकास अनि युवाको सकारात्मक एजेन्डा पूरा गर्ने अभिभारा आफूलाई सुम्पिने विश्वास व्यक्त गर्छन्, अमर सिंह पुन ।

 

अघिल्लो पोस्ट

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

अर्को पोस्ट

प्रतिबद्धता-पत्र सार्वजनिक

सम्बन्धित समाचार

प्रतिबद्धता-पत्र सार्वजनिक
निर्वाचन

प्रतिबद्धता-पत्र सार्वजनिक

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर
निर्वाचन

केसी र खत्रीसँगै फिल्डमा उत्रिँदा गौडेलको पक्षमा बढ्यो जनलहर

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील
निर्वाचन

सुझबुझका साथ ‘रुख चुनाव चिन्ह’ मा मतदान गर्न कोइरालाको अपील

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए
निर्वाचन

गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रीय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किए

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त
निर्वाचन

कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त

जेन्जी आन्दोलनको मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
निर्वाचन

जेन्जी आन्दोलनको मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन

अर्को पोस्ट
प्रतिबद्धता-पत्र सार्वजनिक

प्रतिबद्धता-पत्र सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Online News Portal

देबकी मिडिया प्रालि

सूचना बिभाग दर्ता नम्बर : ३३९४-२०७८/७९ 
ठेगाना : नेपालगंज -१३ बुलवुलिया शान्तिनगर
मोबाईल न. : ९८५८०३३४५०
ई-मेल : goretonewsnpj@gmail.com

हाम्रो टिम

अध्यक्ष/ सम्पादक : निरज कुमार गौतम
कार्यकारी सम्पादक : राम प्रसाद आचार्य

सोसल मिडिया

  • हाम्रो बारेमा |
  • सम्पर्क
  • विज्ञापन को लागि सम्झनुहोस |

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

No Result
सबै नतिजा हेर्नुहोस्
  • होमपेज
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • कर्णाली प्रदेश
    • गण्डकी प्रदेश
    • मदेश प्रदेश
    • लुम्बिनी प्रदेश
    • वागमती प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • दुर्घटना/अपराध
    • पूर्वाधार
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • बिश्व
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • आटोमोबाईल
    • उर्जा / कृषि
    • बैंक वित्त
    • रोजगार
    • व्यापार / व्यवसाय
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • भिडियो
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 Goreto News All right reserved. Website Designed & Developed By:Ninja Infosys.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist